कांग्रेस सांसद न्यौपाने राज्य व्यवस्था समितिको सभापति घोषित
२०८२ भदौ ११ गते

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
समितिको बुधवारको बैठकमा नेपाली काँग्रेसकी सांसद न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
बैठकको सञ्चालन समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लालले गरेका थिए । शुक्लाले नै समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
उनको प्रश्तावक काँग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए । यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
२०८२ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








