जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए ।

उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरे । साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको दाबी गरे ।

नेपालमा नदी प्रवाहित आयोजनाहरु बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए । ‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, उर्जा क्षेत्र, खासगरी जलविद्युतको क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, अन्त्य भयो । छिमेकमा निर्यात गर्दै आएका थियौँ । अहिले हामी उर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ । हाम्रा नदी प्रवाहित आयोजनाहरु बढी छन् । अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ’ उनले भने ।

उपमहासचिव पुनले उत्पादित विद्युत विक्रीको लागि बजारको समस्या नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =