रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश केहीबेरमै आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमाथि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज सुनुवाइ सम्पन्न भएको छ ।

उच्च अदालतका न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेले आफूविरुद्ध दायर भएको सहकारी ठगी प्रकरणमा बिगो बुझाएको भन्दै रिहा गरियोस भन्ने मागसहित अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि उनले सोही प्रकृतिको निवेदन रुपन्देही जिल्ला अदालतमा दिएका थिए । तर, जिल्ला अदालतले ’माग बमोजिम नहुने’ आदेश दिएपछि उनी उच्च अदालत पुगेका हुन् ।

उच्च अदालतमा सुनुवाइ सकिएसँगै अब केहीबेरमै रविको निवेदनमा आवश्यक आदेश आउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =