चार दिनदेखि उखु किसानहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ । बक्यौता माग्दै उखु किसानहरू चार दिनदेखि राजधानीमा आन्दोलनरत छन् । राजधानीको माइतीघरमा आइतबारदेखि सुरु आन्दोलन आज पनि जारी रहेको छ ।

उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।

माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।

धर्नामा किसानहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =