हर्क साम्पाङले बोलाए कार्यपालिका बैठक, २६ एजेन्डामा छलफल हुने

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी बुधबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन् । उपमहानगरले हालसम्म चालू आर्थिक वर्षको बजेट ल्याउन नसकेको अवस्थामा बैठक बोलाइएको हो ।

२६ वटा एजेन्डामा छलफल हुने गरी बैठक तय गरिएको छ । बैठकमा नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान स्वीकृति, र बजेट सिलिङ पास गर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गर्ने तयारी गरिएको छ ।

धरान उपमहानगरपालिकाले अझैसम्म नयाँ बजेट सार्वजनिक गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । यद्यपि, यसपटक मेयर साम्पाङले कार्यपालिकामार्फत प्रक्रियागत काम अघि बढाउने प्रयास गरेका छन् ।

बैठकमा स्थानीय विकास, सेवा प्रवाह, पूर्वाधार निर्माण र नागरिकका आधारभूत आवश्यकताका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =