भूमिमन्त्रीद्वारा तीन निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालय अन्तर्गतका तीन वटा निकायसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमी समस्या समाधान आयोग अध्यक्ष हरिप्रसाद रिजाल, राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष डा. बगराज शर्मा र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष श्रीमणकुमार गौतमसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यसम्पादन सम्झौतामा क्रममा मन्त्री अधिकारीले सम्झौता गर्नु नै ठूलो नभएकोले यसलाई कार्यन्वयनमा ल्याएर परिणाममुखी बनाउन आग्रह गरे । उनले विगतमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

भूमी समस्या समाधान आयोग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै काम शुरु गर्न लागेकाले यसले पनि आफुलाई सुधार गरेर काम गर्नुपर्ने उनको भनाई थियो । उनले भुमी मन्त्रालयले राम्रो काम ग¥यो भनेर सन्देश दिनेगरी काम गर्न पनि निर्देशन दिए ।

भुमीमन्त्री अधिकारीसँग समाधान आयोगका अध्यक्ष रिजालले १२ बुँदे, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षका शर्माले १० बुँदे र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष गौतमले १६ बुँदे कार्यसम्पादन सम्झौता गरेका छन् । यसअघि भूमीमन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =