धापमा भासिएर पोथी गैँडाको मृत्यु
२०८२ भदौ १० गते

फाइल फोटो
नवलपुर । कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो ।
गैँडाको खाग र खुर सुरक्षित छ । पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।
२०८२ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








