ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले न्यौपानेको नाम टुंगो लगाएको हो ।

न्यौपाने यसअघि पनि सोही समितिका सदस्य रहिआएकी छन् भने उनी संसदीय सुनुवाइ समितिकी सभापतिसमेत हुन् ।

राज्यव्यवस्था समिति सभापतिको लागि आज (मंगलबार) दिउँसो १ बजे मनोनयन कार्यक्रम तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =