महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताएका छन् ।

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका तीज मनाउने सम्पूर्ण नेपाली नारीप्रति शुभकामना व्यक्त गर्दै उनले असमानताको अन्त्य गरी समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =