नदीले बगाएर एक बेपत्ता, एक जनाको उद्धार

दमौली । यहाँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा आज एक जना बेपत्ता भएका छन् । नदीले बगाएका अर्का एक जनाको उद्धार गरिएको छ ।

पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर महानगरपालिका–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछानेलाई नदीले बगाएको थियो ।

बगाएकामध्ये कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले उद्धार गरेका हुन् भने कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

बेपत्ता लामिछानेको खोजी भइरहेको उनले जानकारी दिए । बेपत्ताको खोजीका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको टोली खटिएको छ ।

ती दुई किशोर दिदीबहिनीका छोराहरु हुन् । उनीहरु मामाघर आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =