पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

मलेखु । यहाँको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ ।

सडक खुलाउन प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =