पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित होटल मर्क्युरमा (तस्बिरहरू)
२०८२ भदौ ९ गते

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले कुशे औँसीको अवसर पारेर काठमाडौंको सुन्धारास्थित होटल मर्क्युरको सेवा लिएका छन् ।
भदौ ७ गते शनिबार श्रीमती कोमल शाह र बुहारी हिमानी शाहसहित पूर्व राजा शाह होटल मर्क्युर पुगेका थिए ।
होटल प्रशासनले विशेष आतिथ्यतासाथ स्वागत गरेको शाह परिवारले करिब तीन घण्टा होटल परिसरमा बिताएका थिए । होटलको अवलोकनका क्रममा शाह परिवारले त्यहाँको संरचना, सजावट र दृश्यावलोकनस्थलको समेत निरीक्षण गरेका थिए ।
होटलको सेवा तथा सुविधाप्रति चासो देखाएका पूर्व राजाले परिवारसहित बेलुकाको खाना खाएर होटलबाट फर्किएका थिए । होटल मर्क्युरले आफ्नो सेवा लिन आएकोमा पूर्व राजा शाहप्रति कृतज्ञता व्यक्त गरेको छ ।

२०८२ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








