टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ । यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

तमोर करिडोर सडकखण्डमा ‘तमोर–५ हाइड्रोपावर’को ग १ क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्ने तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ का अन्दाजी २४ वर्षीय सुदीप सुवेदी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जुङले जनाएको छ ।

टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा गइ खोजी गरेको तर फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

उनका अनुसार टिपर भने नदीमा डुबेको अवस्थामा छ । बेपत्ता सुवेदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =