तारकेश्वरमा माइक्रोबस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा आज बिहान एउटा माइक्रोबस सडकबाट खोलामा खसेर दुर्घटना भएको छ । तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेको हो । दुर्घटनाका बेला गाडीमा चालक मात्रै सवार रहेकाले कुनै पनि मानवीय क्षति हुन पाएन ।

प्रहरीका अनुसार, काठमाडौँ-नुवाकोट सडक खण्डमा चल्ने उक्त माइक्रोबस चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा दुर्घटनामा परेको हो । चालकले दिएको जानकारी अनुसार गाडीमा उनीबाहेक अन्य कोही यात्रु थिएनन् ।

चालक सकुशल रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । खोलामा खसेको माइक्रोबसलाई निकाल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =