सहकारी ठगीः जीबी राईका जेठानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न भनिएका अभियुक्त ज्ञानबहादुर बमजनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बमजन ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईका जेठान हुन् । आजै अदालतमा उपस्थित भएका बमजनको बयान र थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी प्रकरणमा बमजनमाथि सहकारीको सम्पत्तिमा अनियमितता तथा ठगीसम्बन्धी संलग्नता रहेको आरोप लाग्दै आएको थियो । अदालतको आदेशपछि अब उनी धरौटी बुझाएर छुट्ने कानुनी प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =