वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा लैजान्छौँ : सचिव भट्टराई
२०८२ भदौ ८ गते

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताएका छन् ।
काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
उनले संशोधन प्रश्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पाए ।
उनले संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली काँग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रश्ताव लैजाने प्रतिवद्धता जनाए ।
सचिव भट्टराईले राजनीतिक दलहरुको अडिट पनि महालेखाले गर्नुपर्ने प्रश्ताव गरे ।
२०८२ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








