प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बिना मुलुकमा स्थायित्व सम्भव छैन : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिए ।

वडा अध्यक्षका उम्मेदवारले मात्रै डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था अवस्था रहेको उल्लेख गर्दै उनले खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउनसक्ने भन्दै सबै राजनीतिक दलहरु सजक हुन आवश्यक रहेको बताए ।

उनले निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिए ।

उनले वित्तीय क्षेत्रमा समेत असमानता देखिन थालेको भन्दै उनले संविधान संशोधनमार्फत स्थायित्व कायम गर्न आवश्यक रहेको बताए ।

पूर्ण समानुपाति निर्वाचन प्रणाली बनाएर राजनीतिक दलले एकल बहुमतको सरकार चलाउन सक्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =