प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रवार नेपाल आएका हुन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो । उनी भ्रमण पूरा गरेर भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =