समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्छ : पम्फा भुसाल
२०८२ भदौ ८ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताइन् ।
रिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्ने जरुरी रहेको बताइन् ।
नरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ ? भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने बताइन् ।
उपाध्यक्ष भुसालले तिज सबै जातजातिले मनाउने गरेको उल्लेख गरिन् ।
२०८२ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








