अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोलीको घोषणा, आदिल पनि समावेश

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली पुरुष राष्ट्रिय ‘ए’ क्रिकेट टोली घोषणा गरेको छ । राष्ट्रिय टिमको ब्याकअपका रूपमा रहने ’ए’ टोलीले भारतको आसाम स्टेट टोलीविरुद्ध टी–२० सिरिज खेल्नेछ ।

क्यानका अनुसार नेपाल ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा पाँच खेलको टी–२० सिरिज खेल्नेछ । टोलीको कप्तानी ओपनर अनिलकुमार साहले सम्हाल्ने छन् ।

घोषित टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण रहेको छ । अनिलको कप्तानीमा रहेको टोलीमा देव खनाल, अर्जुन घर्ती, सुभ कंसाकार, तृतराज दास, सन्दीप जोरा जस्ता खेलाडीहरू ब्याटिङ विभागमा रहनेछन् ।

पवन सर्राफ, इशान पाण्डे, मोहम्मद आदील अन्सारी, बसिर अहमद र विवेक कुमार यादव अलराउन्डरका रूपमा चयन भएका छन् ।

फास्ट बलिङमा कमलसिंह ऐरी र आकाश चन्द रहेका छन् भने स्पिन विभागको जिम्मेवारी युवराज खत्री, शेर मल्ल र सागर ढकालले सम्हाल्नेछन् ।

नेपाल ‘ए’ टोलीः
अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सर्राफ, मोहम्मद आदील आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृतराज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, सुभ कंसाकार, विवेक कुमार यादव, कमलसिंह ऐरी, सागर ढकाल ।

क्यानले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले ‘ए’ टोली गठन गर्दै आएको छ ।

आसामविरुद्धको सिरिजले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =