शिक्षामा लगानी बढाइ समाज रूपान्तरणलाई तीव्रता दिउँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रूपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् ।

काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरूप शिक्षा नीति अहिलेसम्म आउन नसकेको बताए । हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउने काममा सुझावहरू दिन आग्रह गरे । शिक्षा क्षेत्रमा रहेका विकृतिहरू हटाउन जरुरी रहेको उहाँको भनाइ छ । शिक्षामा लगानी बढाएर शिक्षा क्षेत्रबाटै समाजलाई तीव्र रूपान्तरण गर्नुपर्ने बताए ।

उनले भने ‘संविधान सभाबाट जारी गरेको संविधान जुन छ । त्यो संविधानको भावना र मर्मअनुरूप यो शिक्षामा आउनुपर्ने परिवर्तनहरू हुन्, नीतिहरूमा जुन परिवर्तन ल्याउनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले संसदमा ढिलै भएपनि आएको छ । विद्यालय शिक्षा विधेयकमा राम्रोसँग छलफल गरेर अघि बढ्नुपर्छ । अहिले शिक्षा नै यस्तो माध्यम हो, शिक्षामा रहेका जुन विकृतिहरू छन्, त्यसलाई हटाउनका लागि शिक्षा क्षेत्रमा राम्रो लगानी गर्नुपर्छ । त्यसबाट राम्रो उपलब्धि लिन सकेको खण्डमा समाजलाई तीव्र गतिमा शिक्षाबाट समाजको परिवर्तन गर्न सकिन्छ ।’

उपप्रधानमन्त्री सिंहले विद्यालय शिक्षा विधेयकमा कुनै कमजोरी हुन नदिन सबैले सचेत भएर लाग्नुपर्ने बताए । संसदबाट धेरै मेहनत गरेर विधेयक ल्याइरहेको भन्दै समाजलाई अहिलेको शिक्षा विधेयकले परिवर्तन गर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =