जनार्दनको आत्मग्लानि : कानुन चोरी हुने संसदमा किन आइएछ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने बताए ।

संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै दुःखेसो गरे । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गरे ।

उनले भने ‘संविधानमा उपलब्ध प्रगति त ग¥यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ । म त अन्तरिम कालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’

उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =