प्रधानमन्त्री ओलीसँग विपिनका आमा र बहिनीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेटवार्ता गरेका छन् ।

शनिवार उनीहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरू इजरायलबाट फर्केपछि उनीहरूसँग भेट गरेको प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी दिए ।

उनीहरू विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्किएको प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा बताएका छन् ।

उनले विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् ।

विपिन इजरायल सरकारद्वारा पुष्टि गरिएका बन्धकमध्ये एक हुन् । ७ अक्टोबर २०२३ मा इजरायल र प्यालेस्टाइन युद्धको क्रममा विपिन बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =