सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भयो : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन् । उनले सत्तारुढ दुई ठूला दलले राज्यका सबै संयन्त्रमाथि दुई-दलीय पकड कायम गर्न खोजेको र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संयन्त्रहरूलाई आफ्नो नियन्त्रणमा राख्ने खेल सुरु गरेको बताएका हुन् । 

उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन भइरहेको हस्ताक्षर संकलनलाई त्यसकै पछिल्लो उदाहरणको रूपमा व्याख्या गरे । सापकोटाले यो कदमलाई ‘प्रतिशोधपूर्ण र बदनियतपूर्ण’ भन्दै यसको मुख्य उद्देश्य संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनु रहेको जिकिर गरे ।

उनले भने, ‘यो सरकार अलि अधिनायकवादतिर, तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ ।’

उपसभामुख हटाउने कदमबारे थप प्रस्ट्याउँदै उनले भने, ‘प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई हटाउन धेरै पटक कोशिस गर्नुभयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भन्ने खबर आएको छ । त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, (उनलाई हटाएर) चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’

उपाध्यक्ष सापकोटाले संवैधानिक परिषद्मा आफ्नो बहुमत सुनिश्चित गर्न प्रधानमन्त्री ओलीले यस्तो गैरसंसदीय र बदनियतपूर्ण काम गरिरहेको आरोप लगाए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =