अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संशोधन गरेर अधिकार खुम्च्याउने नभई थप विस्तार गरेर अघि बढ्नुपर्ने बताए । नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्ने पनि बताए । शासकीय काममा भएका अवरोधहरूलाई सम्बोधन गर्नुपर्ने बताए । नयाँ पुस्ता अब पनि प्रजातन्त्रको लागि लड्न नपरोस् भन्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने ‘हामीले अब हाम्रो अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने, संशोधन गरेर अधिकार खुम्च्याउने होइन, थप विस्तार गर्ने, नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने हो । थप अधिकार सम्पन्न बनाउने तर सँगै शासकीय काममा जे अवरोध सिर्जना भएका छन्, ती अवरोधलाई पनि सम्बोधन गर्नेगरी कतिपय हाम्रा व्यवस्थालाई मिलाएर जाने हो । जसले गर्दा नेपालमा कुनै पनि नयाँ पुस्ताले प्रजातन्त्रको लाग लड्न नपरोस् ।’

महामन्त्री थापाले नौजवानलाई पार्टीमा ल्याएर उनीहरूमार्फत बाँकी कामहरू गराउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =