कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् ।

सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेका छन् । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका हुन् ।

दुवै प्रतिवेदन सम्बन्धित समितिले बिहीबार पारित गरेका थिए । बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ ।

विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार हुनेगरी निर्धारण गरिएको छ । यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने व्यवस्था मिलाइएको पनि सभापति थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =