गगनलाई बर्तौलाले भनेः संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधनमा हात हाल्नुपर्छ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बिहीवार संसदमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले उठाएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उनले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पारे ।
उनले तत्काल निष्कर्षमा पु¥याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गरे ।
उनले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताए ।
कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने बताए ।
प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पु¥याउन सकिएको बताए ।
जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताए । सांसदहरु विधायिकी कार्यमै बढी जोडिनुपर्ने जरुरी रहेको बताए ।








