उपत्यकाका तीनवटै जिल्लाका सीडीओ फेरिए
२०८२ भदौ ४ गते

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
बुधबार गृह मन्त्रालयले गरेको निर्णयअनुसार उपत्यकासहित देशका विभिन्न जिल्लामा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
सरुवा अनुसार काठमाडौंका नयाँ सीडीओको जिम्मेवारी छविलाल रिजालले पाएका छन् । ललितपुरको जिम्मा सहसचिव सुमन घिमिरेलाई दिइएको छ ।
भक्तपुरमा भने गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ ।
यसअघि काठमाडौंको सीडीओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।
गृह प्रशासन सुदृढीकरण तथा नियमित प्रशासनिक प्रक्रिया अनुसार गरिएको यस सरुवालाई सरकारको नियमित रोटेसनको रूपमा हेरिएको छ ।
२०८२ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








