भैरहवामा रवि लामिछाने पीडामा थिए, अनुहारमै कमजोरी देखिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहँदा गम्भीर पीडामा परेको बताएका छन् ।

बुधबार नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेको स्वास्थ्य स्थिति कमजोर देखिएको बताए । ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ, उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको,’ प्रचण्डले भने ।

प्रचण्डका अनुसार, लामिछानेले भैरहवा कारागारको अवस्थासँग तुलना गर्दा नख्खु कारागारमा आफूलाई धेरै सहज र राम्रो महसुस भइरहेको बताएका छन् । ‘रविजीले नख्खु कारागार प्रशासनको पनि प्रशंसा गर्नुभएको छ,’ उनले थपे ।

लामिछाने केही समयअघि भैरहवा कारागारमा रहेका थिए, जहाँको अवस्था र व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका थिए । अहिले उनी नख्खु कारागारमा स्थानान्तरण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =