बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन आवश्यक : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन लागिएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताएका हुन् ।

उनले राज्यका संरचनाहरूलाई बालबालिकामैत्री बनाउन तथा विभिन्न उमेर समूहका बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि सरकारले ऐन संशोधन प्रक्रिया अघि बढाएको बताए । उनले सरकार तथा एनजिओमार्फत सञ्चालित बालसुधार गृहमा देखिएका समस्या समाधान गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए ।

उनले भने ‘बालबालिकासम्बन्धी विद्यमान कानूमा सुधारको आवश्यकता भएको हुनाले यो विधेयक संसदमा आएको छ । खास गरेर बालसुधार गृहहरूको सम्बन्धमा धेरै कुराहरू आएका छन् । नेपाल सरकारको मातहतमा पाँच वटा बालसुधार गृहहरू रहेका थिए । र चार वटा गृहहरू एनजिओको माध्यमबाट सञ्चालित थिए । बालबालिका क्षेत्रका सबै समस्याहरू हेरेर नै यो विधेयक आएको छ । मन्त्रालयले विभिन्न संघसंस्था तथा विज्ञहरूसँग राय सुझाव लिएर यो विधेयक ल्याइएको हो ।’

उनले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न ऐनलाई समयानुकूल बनाउँदै लगिने समेत जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =