‘संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाए’

काठमाडौँ । नेकपा ९एमाले०की सांसद हर्कमाया विश्वकर्माले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाइरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले संघीयतापछि तीन पटकसम्म निर्वाचन भइसक्दा पनि स्थानीय सरकारले अधिकार पाउन नसक्नू दुःखद भएको बताइन् । उनले संविधानअनुसार कानुन निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिल्न नसकेको उल्लेख गर्दै यसमा असर आम नागरिकमा परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् ‘हाम्रो देश संघीयतामा गएर तीन पटक निर्वाचन भएर पनि अहिले जनप्रतिनिधिको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । तर संविधानअनुरूप अहिले पनि केन्द्रीय सरकारले जिम्मेवारी हस्तान्तरण नगरेर वा कानुन नबनेर जनप्रतिनिधि र कर्मचारी संयन्त्रको तालमेल नमिलेर जनताले सास्ती भोगिराखेका छन् ।’

सांसद विश्वकर्माले जनतासम्म सरकारी सेवाको प्रभावकारी पहुँच सुनिश्चित गर्न जिम्मेवारी हस्तान्तरण र कानुन निर्माणको प्रक्रिया छिटो गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =