अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एकथरी मानिसहरू अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताए । उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए ।

राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ । अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरूले लाभ लिन सक्नुपर्ने बताए । समतामूलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताए ।

मन्त्री गुरुङले भने ‘हामी किन राष्ट्रपतीय प्रणालीमा नगएको भन्दा राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ । प्रतिनिधित्वका लागि स्पेस कम हुन्छ, राज्यमा त्यसकारणले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा नै जाऔँ । पार्टीहरूले पनि त्यसको समावेशिताको महसुस गर्नसक्ने, दलहरूले पनि महसुस गर्नसक्ने भनेर शासन प्रणालीले कसरी बढी भन्दा बढी प्रतिनिधित्व गराउँछ भन्ने हो । हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतीय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो । हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो की होइन ? त्यसबाट धेरै लाभ लिनुपर्छ । एकथरी मानिसहरू अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ । आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन । हाम्रो जे व्यवस्था प्राप्त गरेका छौँ, यसको अधिकतम उपयोग गरेर समतामूलक समाज निर्माण गर्नुपर्छ । समावेशी समाज निर्माण गर्नुपर्छ । समावेशी विकास गर्नुपर्छ ।’

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुटाउन पनि हड्डीमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =