नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १ सय ४० रनको सामान्य लक्ष्य

काठमाडौँ । टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २७ रन बनाए भने लोकेश बमले २४ रन जोडे ।

भीम सार्कीले १७ रन बनाए । आरिफ शेखले १२ रन थपे । गुलसन कुमार झाले २ रनको योगदान दिए भने सोमपाल कामीले कुनै रन जोड्न सकेनन् ।

ओपनर कुशल भुर्तेलले १ रन मात्रै बनाउन सके । अलराउण्डर रुपेश सिंह १६ रनमा नट आउट रहे भने साहब आलम पनि शून्य रनमा नट आउट नै रहे । नेपालले १० रन अतिरिक्त पायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =