म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको निर्माण ठेकेदारहरूसँगको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले संसद भवन बनाउन धेरै समय लागिसकेको भन्दै अहिले पनि समयमै सकिने हो की होइन भन्ने प्रश्न उठिरहेको बताए । उनले अहिले हात्ती छिर्यो पुच्छर अड्कियो जस्तो भएको उल्लेख गर्दै म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाएर काम गर्न निर्देशन दिए ।

सम्झौताको आधारमा बसेर काम गर्न उनको निर्देशन छ ।

उनले भने ‘संसद भवन बनाउनै यत्तिका समय लाग्यो, सम्पन्न हुने हो की होइन भन्नेमा प्रश्न उठेको छ । बाँकी समयमा सम्पन्न गराउन, ४० प्रतिशत काम छ । हात्ती छि¥यो, पुच्छर अड्कियो जस्तो भएको छ । कसरी सम्पन्न गराउने भन्नेमा मन्त्रालयले गर्नुपर्ने काममा पनि गम्भीर छौँ । म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाउनुस् । सम्झौताको आधारमा बसेर काम गर्नुपर्छ । काम हुनुपर्यो ।’

उपप्रधानमन्त्री सिंहले मन्त्रालय, निर्माण कम्पनीले गर्नुपर्ने काम समूहगत रूपमा बाँकी समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्रालयलाई संसद भवनको काम जस्तै त होला नि भनेर दाँज्न थालिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =