कूटनीतिक पहलमार्फत विपिन जोशीको उद्धार गर्न एमाले सांसद भट्टको माग

काठमाडौँ । नेकपा (एमाले) की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कूटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद भट्टले यस्तो माग गरेकी हुन् ।
उनले नेपाली विद्यार्थी बन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताए । भट्टले सरकारले विपिन जोशीको उद्धारलाई बेवास्ता गरेको आरोप पनि लगाइन् । उनले जोशीको परिवारले भोगिरहेको पीडा राज्यको लापरवाहीको परिणाम भएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘कञ्चनपुरका विपिन जोशीको हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि उद्धार नहुनु दुःखको कुरा हो । उनको हालको अवस्थाबारे पनि थाहा छैन । अहिले उनीकी आमा र बहिनी विदेशी भूमिमा गएर सबैका खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । देख्ने बेला मन रुन्छ । म सरकारसँग भन्न चाहन्छु । राज्य जनताको अभिभावक हो रु यदि हो भने जोशीको रिहाइको लागि कूटनैतिक तरिकाले पहल गर्न सरकारसँग जोडदारसँग माग गर्दछु ।’
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।








