प्रचण्डले बोलाए विपक्षी दलको आकस्मिक बैठक
२०८२ भदौ ३ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन थालेको तयारीबीच प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।
बैठक केहीबेरमै माओवादी संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो ।
बैठकबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको अगुवाइमा रास्वपा, नेकपा (एकीकृत समाजवादी), तथा अन्य विपक्षी दलहरूको सहभागिता रहने बताएका छन् ।
बैठकमा उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्ने रणनीति तय हुने सम्भावना पनि रहेको स्रोतले जनाएको छ ।
२०८२ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








