होबर्ट हुरिकेन्सलाई नेपालले दियो १ सय ८१ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन जोड्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे । ओपनर आसिफ शेखले २९ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।

भीम सार्कीले १८ रन बनाए । कप्तान रोहित पौडेलले ९ रन थपे ।

कुशल मल्लले ६ रन मात्रै जोड्न सके । करन केसीले १ रनको योगदान दिए । लोकेश बम २५ रनमा रनआउट रहे ।

उनले ११ बलको सामना गरेका थिए । नन्दन यादव पनि १ रनमा नटआउट रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =