रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी, नख्खु कारागारमै उपचार
२०८२ भदौ ३ गते

फाइल तस्बिर / मकालुखबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’ को कमी देखिएको छ ।
लामिछानेको रगत परीक्षणको रिपोर्टबारे जानकारी दिँदै वरिष्ठ चिकित्सक डा. जितेन्द्र प्रसाद यादवले शरीरमा भिटामिन ‘डी’ न्यून भएको पुष्टि गरेका छन् ।
डा. यादवका अनुसार लामिछानेलाई विगत १२६ दिनदेखि रूपन्देही कारागारमा थुनिएकै कारण नियमित घाम नपुगेको र खुला वातावरणको अभावमा यस्तो स्वास्थ्य समस्या देखिएको हो ।
‘शरीरले लामो समय घाम नपाउँदा भिटामिन ‘डी’ को कमी हुन्छ, सभापति लामिछानेको हकमा पनि त्यही देखिएको छ,’ डा. यादवले भने ।
स्वास्थ्यमा देखिएको कमी र केही गम्भीर सावधानी आवश्यक देखिएकाले डा. यादव सोमबार नख्खु कारागार पुगेर सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य परामर्श प्रदान गरेका छन् ।
२०८२ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








