उपसभामुख हटाउने तयारीपछि रास्वपा आन्तरिक छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।

पार्टी स्रोतका अनुसार रास्वपाका नेताहरू हाल अनौपचारिक रूपमा स्थिति मूल्यांकन गर्दैछन् । दुई ठूला दलको कदमबारे स्पष्ट धारणा बनाउन र आगामी रणनीति तय गर्न नेताहरूबीच परामर्श भइरहेको बताइएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संख्याको बलमा जे पनि गर्न सकिने मानसिकता त्याग्न ठूला दलहरूलाई सुझाव दिए ।

‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ,’ परियारले भने, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

उनका अनुसार कांग्रेस–एमालेको पछिल्लो गतिविधिबाट रास्वपामा चासो र चिन्ता दुवै बढेको छ । ‘कसरी अगाडि बढ्ने भन्नेबारे हामी आन्तरिक छलफलमा छौं,’ उनले भने, ‘थप छलफल गरेर पार्टीको स्पष्ट धारणा सार्वजनिक गरिनेछ ।’

कांग्रेस र एमालेले उपसभामुख रानालाई पदमुक्त गर्न हस्ताक्षर संकलनको प्रक्रिया अघि बढाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =