उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : एमाले महासचिव पोखरेल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे ।

पोखरेलले भने, ‘संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरू सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छभने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उपयुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।’

उनले भने, ‘हामी अस्थिरता अन्त्य गर्छौँ ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेबिच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए ।

महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =