विद्यालय शिक्षा विधेयकः उपसमितिको प्रतिवेदन पेश

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका नमिलेका विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन प्रश्तुत गरिएको छ ।

सोमवारको समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पेश गरिएको हो । विवादित विषयलाई थाँती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो ।

समिति सचिवालयले प्रतिवेदनमा नमिलेका विषयमा भाषा मिलाएर आज बसेको समिति बैठकमा प्रतिवेदन पेश गरेको छ । शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालय बसेर प्रतिवेदन लेखेको हो ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =