संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण दस्तावेज : भगवती न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् । उनले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

सरुवा—बढुवा प्रणालीलाई व्यवस्थित र अनुमान योग्य हुनेगरी विधेयकलाई समृद्ध बनाउन उनले आग्रह गरिन् । उनले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्त्वपूर्ण दस्ताबेज रहेको उनको भनाइ छ ।

उनले भनिन् ‘अब कर्मचारीको भन्सुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ । अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ । खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नको लागि महत्त्वपूर्ण हुनेछ ।’

प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =