मनसुन कमजोर भए पनि वर्षा जारी, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा रहेको छ । यद्यपि, बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको क्रम भने जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा मापन गरिएको छ ।

विभागले सोमबार पनि देशभर मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी, लुम्बिनी प्रदेशको तराई तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । देशका बाँकी तराई भू-भागका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुन कमजोर रहे पनि वर्षाको सम्भावना कायमै रहेकाले यात्रा गर्दा र कृषि कार्य गर्दा मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन विभागले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =