निशा डाँगीको प्रश्नः सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सडक तथा पुल निर्माणमा दीर्घकालीन दृष्टिकोणको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै सचेतक डाँगीले प्रत्येक वर्ष बाढी–पहिरोका कारण सडक र पुल बग्ने गरेको भएपनि सरकारको काम तथ्यांकलन गर्ने मात्रै भएको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।

उनले लगत संकलन र पुनःनिर्माण गर्न लाग्ने लगतको मात्र नभई पूर्वाधार पुनःनिर्माणका लागि दीर्घकालिन योजना बनाउन जरुरी रहेको बताएकी हुन् । उनले जलवायूमैत्री संरचना बनाउनतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताइन् ।
उनले भनिन्– ‘हरेक वर्ष पुल र सडक बगाउँछ । मन्त्रालयको ध्यान कतातिर हुन्छ भने यतिवटा पुल बगायो । यतिवटा सडक बगायो । र अब यसको पुनःनिर्माण गर्नको लागि यति जति लागत हुन्छ भन्नेतर्फ ध्यान गएको हामीले पाएका छौं । तल जलवायूमैत्री सडक र पुल निर्माण गर्नको लागि कसरी काम गर्नुपर्छ भन्नेतर्फ ध्यान दिएको पाइँदैन । सडक सुरक्षाको अल्पकालिन योजनाहरु कहिलेसम्म बनाउने ? सडक सुरक्षाको दीर्घकालिन योजनाको साथ मन्त्रालयले कहिलेदेखि काम थाल्छ ? यसको जवाफ दिनुहोला । अर्को कुरा सडक सुरक्षा ऐन यो अधिवेशनमा सदनमा पेस गर्न सकिने अवस्था छ कि छैन ?’

उनले सडक सुरक्षाका दीर्घकालीन योजनामा सरकार उदासीन रहेको आरोप लगाउँदै सडक सुरक्षा ऐन यसै अधिवेशनमा संसदमा हुन्छ कि हुँदैन ? भन्दै प्रश्न समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =