प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् ।

मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताए ।

उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाए । उनले बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्न नसक्नेमा स्पष्ट हुन आग्रह गरे । यस किसिमका भ्रमको पछि नलाग्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने– ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ । बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन । एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ । कानून बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने । क्याबिनेटले पास गरेर संसदमा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ । यो भइसक्यो, आइसकेको छ । कुनै हालतमा मान्दैनौँ भन्नुभयो । मैले भने यस्तो कुनै हालतमा हुँदैन भने । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

प्रधानमन्त्री ओलीले डेमोक्रेटिक रिपब्लिकमा प्रतिगमन हुन नसक्ने बताउनु भयो । कानून, संहीता, ऐनमा प्रतिगमन नहुने प्रतिवद्धता जनाए । सरकारले प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा नपठाउने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =