लोकतान्त्रिक व्यवस्थाको आत्मा भनेकै विधिको शासन : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्थाको आत्मा भनेको विधिको शासन रहेको बताएका छन् ।
मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अमन चयन, शान्ति सुव्यवस्था न्याय प्राप्तिको मुल आधार कानून भएको जिकिर गरे ।
उनले समानता र संरक्षता समेतको शासन प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रयास जरुरी रहेको बताए ।
समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्न तथा नागरिक बीचको सम्मानको सेतुको रुपमा रहेका यि संहीताहरु विधिको शासन कायम गर्न कोशेढुंगाको रुपमा रहेको जिकिर गरे ।
उनले संविधानमा, कानूनमा परिमार्जनको आवश्यकता रहेको विषय उठेको भन्दै ग्रिम जमानत, फौजदारी कार्यविधि संहीता, देवानी संहीतामा कतिपय विषयहरु समेटेर मन्त्रीपरिषद्मा संशोधनका लागि प्रश्ताव गएको बताए ।
मन्त्री चौरसियाले कानून एउटा गतिशिल सामाजिक प्रक्रिया भएको उल्लेख गर्दै समाजको आवश्यकताअनुसार परिमार्जन तथा सुधार गर्नुपर्ने बताए ।








