दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
इन्धनको मूल््य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ ।
उनले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए ।
उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए ।
उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए ।
निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।








