आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाक टिकट, स्मार्ट कार्डहरु, ईमिग्रेशनको सबै डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाईका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका हुन् ।

हाल २८ लाख ड्राईभिङ स्मार्ट कार्डहरु छाप्न लागिएको उनले जानकारी दिए । उनले यो वर्ष छाप्ने ६४ लाख राहदानी बाहिरको संस्थालाई दिएको जानकारी दिए ।

हाल बाहिरको कम्पनीलाई २० लाख राहदानी छाप्न दिएर बाँकी रहेको ४४ लाख पछि छाप्ने प्रश्ताव आफूले परराष्ट्र मन्त्रालयलाई गरेपनि त्यसो हुन नसकेको उनले बताए ।

परराष्ट्र मन्त्रालय एकैपटक छाप्ने भनेपछि अहिले बाहिरी संस्थाले राहदानी छाप्ने काम गरिरहेको उनले जानकारी दिए ।

उनले यो नेपालको लागी ठूलो माइनस्टोनको काम भएको पनि बताए । बैंक नोटको लागी चाँही छुट्टै मेसिन ल्याउनुपर्ने भएकोले त्यो प्रक्रिया पनि छिट्टै शुरु गर्ने उहाँले बताए ।

उनले नेपालमा माघ महिनादेखि फाईभजी सेवा कार्यन्वयनमा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दा माघ महिनाभित्र फाईभजी सेवा सञ्चालनमा ल्याउने गरी गरिएको पनि उहाँले जानकारी दिए ।

यो वर्ष काठमाडौं र पोखरामा फाईभजी शुरु गर्ने गर्ने र अर्को वर्ष सबै महानगरभित्र फाईभजी सेवा सञ्चालन गर्नेगरि काम अगाडी बढाईएको उनले बताए ।

यसरी नै देशभर फाईभजी सेवा सञ्चालनमा ल्याउने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =