गुन्डा नाइके तथा कांग्रेस नेता राजु गोर्खाली पक्राउ

काठमाडौं । गुन्डा नाइकेका रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोर्खालीले विगतमा आपराधिक गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका छन् । केही समय शान्त देखिएका गोर्खाली पछिल्लो समय फेरि कानुनी प्रक्रिया अन्तर्गत पक्राउ परेका हुन् ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिसमा परेका गोर्खालीलाई पछि टिकट भने दिइएको थिएन ।

प्रहरीले उनलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =