रवि लामिछानेलाई नख्खु कारागार ल्याइयो

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

आज बुद्ध एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई सिधै नख्खु पुर्याएको हो ।

उनलाई स्वागत गर्न रास्वपाका नेता र कार्यकर्ता विमानस्थलमा भेला भएका थिए। उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछाने गत चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए।

उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।

अदालतले दिएको आदेश पालना नगरेको भन्दै आलोचना भएपछि सरकारले उनलाई काठमाडौँ ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =